फागुन १० गते २०८०
07:04: AM
फागुन १० गते २०८०
07:04: AM

स्थानीय तह र युवा जनशक्ति

असाेज २८ गते २०७९
1:01 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
      लव कुमार अधिकारी खुब दोधारमा छु ।कहाँबाट सुरु गरु।कुन समस्यालाई प्रथामिकता देउ ? चुनाब नजिकिदैछ ।  महंगी बढेको छ ।ठाउँ ठाउँमा  बाढी पहिरोले जनजीवन ध्वस्त बनाएको छ भने दर्जनौ मानिसहरुको मृत्युको खबर बाहेक केहि सुनिदैन ।खाने कुरामा  मिसावट व्यापक छ । दिन प्रतिदिन  युवाहरु बैदेशिक यात्रामा दौडीराखेका छन । आत्महत्याको समाचार दैनिक बढ्दैछ। सुत्केरीले औषधि उपचार नपाएर ज्यान गएको रास्ट्रीय समाचार पढ्दै छु । अनियन्त्रित बढ्दो बलात्कार  त  झन् फस्टाउदैछ ।तिस  दिनमा  श्रम मन्त्रालय बाट ८५ हजार श्रम स्वीकृती  पाएको तथ्य छ। नेपालको संविधानले पहिलो पटक स्थानीय सरकारलाई संवैधानिक सरकार बनाएको छ । यस भन्दा पहिला स्थानीय सरकारहरु संवैधानिक थिएनन् । स्थानीय निकायको रुपमा कानूनद्वारा बन्ने गरेका थिए । स्थानीय सरकारको चुनाब सकिएको करिब ६  महिना बितिसक्यो । स्थानीय सरकार आम युवाहरूको भरोसा र सबै भन्दा नजिकको दु:ख  सुखको  सरकार पनि हो । प्रत्येक प्रदेश सरकारले ‘बेरोजगारलाई रोजगारः साथमा छ प्रदेश सरकार’ भन्ने नीतिअनुरुप श्रम बजारमा रोजगारीको अवसर तथा सम्भावनाको अध्ययन गरी बेरोजगार युवाशक्ति, लक्षित वर्ग र द्वन्द्व प्रभावित परिवारलाई माग र आवश्यकताका आधारित सीपमूलक तालिम र वस्तुगत सहयोग कार्यक्रम ल्याएको छ । वैदेशिक रोजगारीमा जाने युवालाई तालिम तथा सीपविकास कार्यक्रम सञ्चालन, वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप परीक्षण गरी सीपसँग सम्बन्धित पेशा व्यवसायमा आबद्ध गराउन आवश्यक व्यवस्था मिलाइने छ भनेर करोडौ बजेट छुट्याए पनि त्यो रकम सहि ठाउँमा सदुपयोग भने गर्न कुनै प्रदेश सरकारले गर्न सकिरहेको अवस्था छैन ।स्थानीय सरकारसँग रोजगार व्यवस्थापनमा पनि एक किसिमको अवसर पनि छ ।आफ्नै क्षेत्रमा भएका युवाहरुलाई जोडेर विकास गतिमा तीव्रता ल्याउन दीर्घकालीन सोचका आधारमा योजना तयार गर्ने,  निजी, सहकारी तथा सामुदायिक क्षेत्रको क्षमता विकास तथा सदृढीकरण गरी क्षमता अभिवृद्धि गर्ने ।यी सबै स्थानीय सरकारको प्रमुख दायित्व हो ।राजनीतिकरण नगरेर युवालाई सक्दो प्रयोग गर्नु पर्छ  । स्थानीय सरकार बलियो बन्ने हो भने पूरै मुलुकको राजनीतिक जग मजबूत गर्नु पर्दछ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरी स्वरोजगार बनाइने।  गन्तव्य मुलुकमा माग हुने तालिम र सीप परीक्षण तथा प्रमाणीकरण गर्न प्राविधिक शिक्षा तथा व्यावसाययिक परिषद्सँग सहकार्य गरि तिनै तहको सरकारमा अनिवार्य लागु गर्ने हो भने बैदेशिक रोजगार मा जानेहरुको कमाईको ''लेभल'' पनि बढ्थ्यो भने नेपाल मै रोजगार अथवा व्यवसायमा जोडिनेहरुको  लर्को पनि हुन्थ्यो ।मुलुकको समृद्धिका केहि गरौ भन्ने  जोस, जाँगर र उत्साहले भरिएका युवाको ज्ञान, सीप र श्रम शक्तिलाई उपयोग गरि स्थानियतहरुमा युवाहरुलाई भरपुर प्रयोग गर्नुपर्छ। पछिल्लो समयमा राजनीतिमा युवाहरूको आकर्षण बढ्दै गएको पनि छ ।२०७९ को निर्वाचनमा कूल उम्मेदवार मध्ये २४.३२ प्रतिशत २१ देखि ३५ वर्षका, ४६.३१ प्रतिशत ३६ देखि ५० वर्षका उम्मेदवारी परेकोमा जम्मा ४२ प्रतिशत जनप्रतिनिधि ४० वर्ष मुनिका युवाहरू निर्वाचित भएका छन्। स्थानीय तहको निर्वाचनका बेला राजनीतिक दलका  उम्मेदवारहरूले जारी गरेका घोषणापत्रहरूमा हेर्ने हो भने  युवाहरूको परिचालन, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर चुनावि नारा बनाएका थिय।  यति धेरै  युवाहरु  निर्वाचित जनप्रतिनिधि हुँदा  स्थानीय सरकारका लागि सकारात्मक सन्देश पनि हो ।बार्षिक बजेट होस तथा नीति, कार्यक्रम र योजना बनाउँदा सवैले विकास, समृद्धिको नारा अघि सारेका हुन्छन । कागज र भाषणमा जतिसुकै लेखेपनि विकास र समृद्धि त्यसै आउँदैन । त्यसका लागि आधुनिक सिप, क्षमता, जाँगर भएका परिश्रमी युवा शक्ति नै चाहिन्छ ।गाउँपालिका होस् या नगरपालिकाको क्षेत्रभित्र उपभोक्ता समितिहरुबाट निर्माण भएका आयोजनाहरूको निगरानी, अनुगमन र मूल्यांकन,  समेत युवाहरुको निकै चासो देखाइरहेका छन् ।स्थानीय सरकारलाई झन् पारदर्शी र जनउत्तरदायी बनाउनका लागि जनप्रतिनिधि युवाहरुले आफ्नो कार्यालयको गतिविधिहरु सामाजिक संजाल फेसबुक ,ट्वीटर , प्रयोग गरेर भएपनि जनतासंग नजिक रहेर सुचनाको हकबाट बन्चित हुन नपरेको पनि देख्न सकिन्छ। युवाहरू सूचना र सञ्चारको सहज पहुँचमा समेत छन् । आजका धेरै युवा शिक्षित छन् । अब युवा पुस्ताहरुको दायित्व भनेको स्थानीय तहमा देखिएका विगतका अनियमितता, मौलाउँदो कुशासन, भ्रष्टाचारका विरुद्धमा युवाहरूले निगरानी राख्नुपर्ने अत्यावश्यकता छ ।समाजमा सहि र गलत छुट्याउन सक्ने  शिक्षित युवा पुस्ताको महत्त्वपूर्ण योगदान हुन्छ ।  प्राबिधिक र ब्याबहारिक शिक्षा प्रदान , रोजगारीका अबसरहरु सृजना , युबा जनशक्तिको माग अनुसारको शिक्षा ,युवामा भएका ज्ञान , सीप ,दक्षताको उचित ब्यबस्थापन गरि  स्थानीय तहरुले युवाहरुलाई भरपुर प्रयोग गर्नु पर्छ।लेखक रेडियो स्वर्गद्वारी एफ एम प्युठानका स्टेसन म्यानेजर हुन ।   

रिप्लाई गर्नुहोस

You cannot copy content of this page