समय : ०५:२५ am | शनिबार , श्रावण ११ गते २०८१

बुटवलमा तीन दिने दलित ज्ञान महोत्सव

स्वर्गद्वारी अपडेट | चैत्र १५ गते २०८०

रुपन्देही।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबार देखि तीन दिनसम्म आयोजना गरिने दलित ज्ञान महोत्सवमा २० वटा सेसनमा ८० जना वक्ताहरुले आफ्नो धारणा राख्ने भएका छन् । चैत १४, १५ र १६ गते गरिने महोत्सवमा समुदायले बनाएका विभिन्न सीपसमेत प्रदर्शन गरिने भएको छ ।

दलित जातीको ज्ञान, सिप एवं श्रमको शिर्षकमा बहसहुने गरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘दलित ज्ञान उत्सव’ कार्यक्रम सुरु भएको छ । शुक्रबारसम्म संचालन हुने कार्यक्रममा करिब २५ वटा शत्रहरु रहने दलित रिडरका कार्यकारी अध्यक्ष रुकमेणी नेपालीले जानकारी दिनुभयो । उहाँले यो कार्यक्रमले दलितहरुको सिप, श्रम र ज्ञानको इतिहासबारे जान्न धेरै मद्दत गर्ने बताउनुभयो ।

नेपाली समाजको सामाजिकीकरण र गतिशीलताका लागि दलित समुदायको महत्त्वपूर्ण योगदान रहे पनि श्रम, सीप र उद्यमशीलतासँग जोडिएको दलित ज्ञानको उचित सम्मान, संरक्षण र प्रवर्द्धन हुन नसकिरहेकाले ज्ञान उत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

बुधवार उत्सवको उद्घाटनमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरपालिकामा दलित रणनीतिक ऐन बनाएर नगरपालिका विभेदमुक्त बनाउन खाजेको बताउनु भयो । ज्ञान, श्रम, सिपले गर्दा दलितहरु समाजका रचनात्मक काम गर्ने वैज्ञानिक भएको खाडले बताउनुभयो ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले सामाजिक रुपान्तरणका लागि बौद्धिकस्तरमा बहस छलफल आबस्यक रहेको बताउनुभयो । चौधरीले राज्यका सबैतहमा पछाडि पारिएको समुदायलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

सन् २०१७ मा अर्थशास्त्री सुभाष नेपाली र लेखक तथा अध्येता शिवहरी ज्ञवालीले दलित रिडरको स्थापना गर्नु भएको थियो । नेपालभर २ सय लेखनकर्मीहरु उत्पादन गरेको संस्थाले जनाएको छ । कार्यशालामा करिब १ बर्ष सहभागी भएका लेखनकर्मीलाई प्रमाणपत्र बितरण गर्ने कार्यक्रम समेत रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page