समय : ०३:०६ pm | शनिबार , असाेज ३ गते २०८३

माण्डवीमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

स्वर्गद्वारी अपडेट | असाेज २ गते २०८३

प्यूठान। माण्डवी गाउँपालिका–३ ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको घरमै पुगेर परिचयपत्र नवीकरण गर्न थालेको छ। वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरूको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरेको हो।

वडाका जनप्रतिनिधि तथा कर्मचारीहरू लाभग्राहीको घर तथा टोलमै पुगेर नवीकरणको सेवा दिइरहेका छन्। कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई लक्षित गरी घरदैलोमै सेवा दिइएको वडाध्यक्ष धनेन्द्र कार्कीले बताए।निर्वाचित भएदेखि नै नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घर तथा टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दै आएका छौँ,' वडाध्यक्ष– कार्कीले भने।

माण्डवी गाउँपालिका–३ मा हाल ३ सय ९१ जना सामाजिक सुरक्षा भत्ता लाभग्राही रहेका छन्।

गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि असोज मसान्तसम्म समय तोकिएको छ। गाउँपालिकाले नवीकरण गर्न बाँकी रहेका सम्बन्धित लाभग्राहीलाई समयमै वडा कार्यालयमा सम्पर्क गरी नवीकरण गराउन आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्