समय : ०८:०८ am | बिहिबार , कार्तिक १३ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ ग्रहण आज

स्वर्गद्वारी अपडेट | कार्तिक १३ गते २०८३

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण आज हुने भएको छ।

केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह आगामी आज दिउसो २ बजे बिपी स्मृति भवन, ललितपुरमा तय भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

‘नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि सूचना र सादर निमन्त्रणा गर्दछौँ,’ निर्वाचन समितिले जारी गरेको सूचनामा भनिएको छ।

यो पनि पढ्नुहोस्