समय : ०९:३६ am | बुधबार , कार्तिक ५ गते २०८३

बडादसैँको दिन आज कस्तो रहला मौसम ?

स्वर्गद्वारी अपडेट | कार्तिक ५ गते २०८३

काठमाडौँ – बडादसैँको दिन आज  देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, हिमाली तथा पहाडी भू–भागका केही स्थानमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भू–भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा भने बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना छ।

यसैगरी, दसैँको भोलिपल्ट बिहीबार दिउँसो पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यो पनि पढ्नुहोस्