समय : ०९:५४ pm | बुधबार , मंसिर २ गते २०८३

प्युठान नगरपालिका–५ मा वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

स्वर्गद्वारी अपडेट | मंसिर २ गते २०८३

प्युठान। प्युठान नगरपालिका–५ ढुङ्गेठाँटीमा नवनिर्मित वडा कार्यालय तथा शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ।

बुधबार प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। नगरपालिकाका अनुसार करिब १ करोड रुपैयाँ लागतमा उक्त भवन निर्माण गरिएको हो।

वडा नम्बर ५ का अध्यक्ष नन्दराम पुनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर उपप्रमुख देवेन्द्र वर्मा, नगर प्रवक्ता सुमनराज श्रेष्ठलगायत जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

यसैबीच, बुधबारदेखि नै नवनिर्मित भवनबाट शहरी स्वास्थ्य केन्द्रको सेवा सञ्चालनमा ल्याइएको छ। नयाँ भवन निर्माणसँगै वडा कार्यालयबाट प्रदान गरिने प्रशासनिक सेवा तथा स्वास्थ्य केन्द्रमार्फत उपलब्ध हुने स्वास्थ्य सेवामा स्थानीयवासीलाई सहजता हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममामा वडा कार्यालय भवन निर्माण एवं स्वास्थ्य केन्द्र स्थापना लागि आवश्यक जग्गा खरिद प्रक्रिया,आर्थिक स्रोत व्यस्थापन तथा आर्थिक संकलन अभियानमा संग्लनहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो।

यो पनि पढ्नुहोस्