प्यूठान। तिहारको ४ दिन पछी लाग्ने ऐरावती गाउँपालिका–५ द्वारेघाटमा आज मारुनी नाँचले दर्शकको मन जितेको छ।परम्परागत कला, संस्कृति र मौलिक पहिचान झल्काउने मारुनी नाच प्रस्तुत गरिएको थियो।
मेलामा मारुनी नाचसँगै स्थानीय कला, संस्कृति र परम्पराको प्रदर्शन गरिएको थियो। मौलिक भेषभूषा र सांस्कृतिक प्रस्तुतिले मेलाको रौनक थपेको थियो।मेलामा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
यस्ता मेला तथा सांस्कृतिक कार्यक्रमले स्थानीय कला र संस्कृतिको संरक्षण, पुस्तान्तरण तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने स्थानीय टोपलाल घर्तीले बताए।घर्तीका अनुसार मेलामा करिव १ दर्जन नाँचले प्रस्तुति दिएका थिए।
















