समय : ०३:२४ pm | आइतबार , असाेज २५ गते २०८३

प्यूठानमा पाँच दिनपछि मृत भेटिए २७ वर्षीय युवा

स्वर्गद्वारी अपडेट | असाेज २५ गते २०८३

प्यूठान । पाँच दिनदेखि सम्पर्कविहीन रहेका प्यूठानका एक युवा मृत अवस्थामा फेला परेका छन्। झिमरुक गाउँपालिका–३, सकलधाराका २७ वर्षीय दिलिप सामत गौमुखी गाउँपालिका–७, धर्मपानीमा मृत भेटिएका हुन्।

परिवारको सम्पर्कमा नरहेका सामत आइतबार धर्मपानीस्थित ठूलो सिमलको फेदमा रहेको कोप्चेरामा मृत अवस्थामा फेला परेको बताइएको छ। गत मंगलबारदेखि सम्पर्कविहीन भएपछि परिवारले उनको खोजी गरिरहेको थियो। खोजीका क्रममा पाँच दिनपछि उनी मृत फेला परेका हुन्।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ओखरकोट, मच्छीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

सामतको मृत्युको कारण भने खुल्न सकेको छैन।

यो पनि पढ्नुहोस्