काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका विभिन्न पदमा गरी ८१८ जनाको उम्मेदवारी परेको छ।
पदाधिकारीतर्फ ७९ जना र केन्द्रीय सदस्यतर्फ ७३९ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जानकारी दिएको छ।
जसअनुसार सभापति पदमा ३ जना, वरिष्ठ उपसभापतिमा १ जना, उपसभापतिमा १५ जना, महामन्त्रीमा ११ जना र सहमहामन्त्रीमा ४९ जनाको उम्मेदवारी परेको छ।
यसैगरी केन्द्रीय सदस्यतर्फ खुला समूहमा ९२, महिला खुलामा ३१, आदिवासी जनजातितर्फ ७६, दलिततर्फ ५४, मधेशीतर्फ ४२, खसआर्यतर्फ ६८, थारूतर्फ १७, मुस्लिमतर्फ २३ र पिछडिएको क्षेत्रबाट ८ जनाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, अल्पसंख्यक तथा अपांगता समूहमा १९, प्रदेशगत समूहमा १९४, नेपाली जनसम्पर्क समितिबाट ३६, श्रमिकतर्फ ९, पेशागत तथा विषयगत क्षेत्रबाट ४४ र काठमाडौं उपत्यकाबाट ६ जनाको उम्मेदवारी परेको छ।
प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभावित परिवारका तर्फबाट १८ जनाले उम्मेदवारी दिएका छन्।
महाधिवेशनमा ३५ वर्षमुनिका युवाका लागि छुट्याइएको केन्द्रीय सदस्य पदमा मात्रै ९१ जनाले उम्मेदवारी दिएका छन्।








