समय : १०:५१ am | मङ्गलबार , कार्तिक ११ गते २०८३

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएर प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ।

स्वर्गद्वारी अपडेट | कार्तिक ११ गते २०८३

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबार (आज) दुई खेल हुँदै छन्। दिनको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राईनोजसँग प्रतिस्पर्धा गर्दै छ। त्रिवि मैदानमा हुने खेल दिउसो १२:३० मा सुरु हुने छ। विराटनगरको कप्तानीमा स्पिनर सन्दीप लामिछाने तथा चितवनको कप्तानमा अलराउन्डर कुशल मल्ल रहेका छन्।

दुवै टिमलाई चर्चित विदेशी खेलाडीसहित आफ्नो टिम सन्तुलित भएको बताएका छन्। दुवै टोली आफ्नो पहिलो खेलबाटै सुखद सुरुवातसहित उपाधि दाबेदारीमा अघि बढ्न चाहन्छन्।

त्यस्तै दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। यो खेल अपराह्न ५ बजे सुरु हुने छ। जनकपुरले यसपटक नयाँ कप्तान ललित राजवंशीलाई बनाएको छ। कर्णालीको कप्तानी भने तेस्रो पटक सोमपाल कामीले नै गर्ने छन्।

यो खेलमा पनि दुवै टोलीले चर्चित खेलाडी अुनबन्ध गरेका छन्। यद्यपि, पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रिय टिममा बोलाएपछि कर्णालीमा अनुबन्ध भएका शीर्षक्रमका ब्याटर साहिवजादा फर्हान स्वदेश फर्किएका छन्। कर्णालीमा अर्का पाकिस्तानी खेलाडी हुसैन तलात अनुबन्ध भएका छन् तर एनओसी विवादका कारण उनी पनि पहिलो खेलमा खेल्ने या नखेल्ने पक्का भएको छैन। यस्तो अवस्थामा कर्णालीले डेविड मिलर समेत नेपाल नआएको हुँदा तीन विदेशी खेलाडी मात्रै मैदानमा उतार्ने सम्भावना रहेको छ।

त्यस्तै जनपकुरमा आवद्ध भएका पाकिस्तानी खेलाडी इफ्तिखर अहमद पनि खेल्ने या नखेल्ने तय भइसकेको छैन्। यसअघि प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएर प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ।

यो पनि पढ्नुहोस्