समय : ०९:१७ pm | आइतबार , असाेज ४ गते २०८३

प्युठानमा ६४  वडामा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०८३

प्युठान। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आइतबार प्युठानमा  वडा अधिवेशन सम्पन्न भएको छ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबार प्युठानमा अधिवेशन सम्पन्न भएको हो।

शनिबार र आइतबार गरि जिल्लाको नौ स्थानीयको तहको ६४ वडाको वडा अधिवेशन सकिएको नेपाली कांग्रेस प्युठानका सचिव नरेन्द्र पुन मगरले जानकारी दिए।

उत्साहजनक र शान्तिपूर्ण तरिकाले वडा अधिवेशन सम्पन्न भएको सचिव मगरले स्वर्गद्वारी अपडेटलाई बताए।

यो पनि पढ्नुहोस्