सल्यान । सल्यानको शारदा नगरपालिकाको एम्बुलेन्स अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा पूर्ण रूपमा जलेको छ ।
बिरामी नेपालगन्ज पु¥याएर फर्किदै गरेको एम्बुलेन्स बाँकेको जानकी गाउँपालिका–६ स्थित सूर्यशक्ति ग्यास उद्योगमा ग्यास भर्ने क्रममा अक्सिजन सिलिन्डर पड्किएपछि कर्णाली प्रदेश ०२००१ झ ०२४५ नम्बरको एम्बुलेन्समा आगलागी भएको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले जानकारी दिए। उनका अनुसार आगलागीबाट एम्बुलेन्स पूर्णरूपमा जलेको छ । आगलागीमा परी एम्बुलेन्स चालक लोकेन्द्र बस्नेत सामान्य घाइते भएका छन्।








