समय : ०३:०० pm | शुक्रबार , असाेज २ गते २०८३

धारिलो हतियार प्रहार गर्ने तीनजना पक्राउ

स्वर्गद्वारी अपडेट | असाेज २ गते २०८३

तुलसीपुर । एक युवकलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ २९ गते राति बबई गाउँपालिका–५ ट्वाङखोला झोलुंगे पुलमा सोही वडाका करिब २१ वर्षीय पुष्कर बुढालाई केही व्यक्तिले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए । घटनापछि फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिटोलका २१ वर्षीय दीपक डाँगी, शान्तिनगर गाउँपालिका–३ भलमटिहीका २४ वर्षीय दीप भन्ने सुदीप केसी र तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका २५ वर्षीय सागर सुवेदी रहेका छन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीनैजनामाथि ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो पनि पढ्नुहोस्