प्युठान – प्युठानको गौमुखी गाउँपालिकामा बाल्टिनमा राखिएको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ।
गौमुखी गाउँपालिका-७ नारीकोटका शिवलाल थापाका डेढ वर्षीय छोरा कृष थापाको आफ्नै घरमा बाल्टिनमा रहेको पानीमा डुबेर मृत्यु भएको हो।
बिहीबार बिहान बाल्टिनको पानीमा डुबेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो। अस्पतालमा जाँच गर्ने क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
बालकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।








