प्युठान। प्रतिकूल मौसमका कारण प्युठानका विद्यालयमा दुई दिन बिदा दिइएको छ। असोज ८ र ९ गते विद्यालयमा पठनपाठन बन्द हुने भएको हो।
मौसमको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकको सुरक्षाका लागि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।








