समय : १०:१० am | सोमबार , असार १५ गते २०८३

मुक्ति माध्यमिकका प्रधानाध्यापकका विष्ट सम्मानित

स्वर्गद्वारी अपडेट | असार १५ गते २०८३

प्यूठान। मुक्ति माध्यमिक विद्यालय, रातामाटाका प्रधानाध्यापक दामोदर विष्ट उत्कृष्ट प्रधानाध्यापकका रूपमा सम्मानित भएका छन्।

आइतबार प्यूठान नगरपालिकाले आयोजना गरेको विद्यालय, शिक्षक तथा विद्यार्थी प्रोत्साहन एवं सम्मान कार्यक्रम–२०८२ मा विष्टलाई उत्कृष्ट प्रधानाध्यापकका रूपमा नगदसहित सम्मान गरिएको हो। नगरपालिकाले शैक्षिक क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको जनाएको छ।

सम्मान ग्रहणपछि विष्टले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलता नभई विद्यालय परिवारको सामूहिक मेहनतको परिणाम भएको प्रतिक्रिया दिए।

सोही कार्यक्रममा प्यूठान नगरपालिका–३ स्थित मुक्ति माध्यमिक विद्यालय, रातामाटा पनि उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ।

प्युठान नगरपापालिका बिद्यालय भित्रका ३ सय ४४ जना शिक्षक सम्मानित भएका थिए ।

यो पनि पढ्नुहोस्