समय : ०९:५१ pm | शुक्रबार , कार्तिक ९ गते २०८१

किताब बेच्दै भिंग्री पुगे महावीर पुन

स्वर्गद्वारी अपडेट | चैत्र ९ गते २०८०

प्युठान।  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै प्युठानमा  छन्।आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न उनी प्युठानको भिंग्रीमा पुगेका हुन्। 

वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उनी किताब बेचिरहेका छन्। सुदूरपश्चिमको महेन्द्र नगरबाट आफू प्युठानसम्म  आइपुग्दा ७० हजार बढी किताब बिक्री भइसकेको पुनले बताए। उनले प्रति किताब ७ सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन्। 

शुक्रबार आफ्नो किताब बेच्न उनी स्वर्गद्वारी नगरपालिकाको कार्यालय पुगेका थिए।त्यस कार्यक्रममा बोल्दै उनले आफ्नो किताब ७० हजार बढी बिक्री भइसकेको बताए। आफू यसको अभियन्ता भएको र किताब किन्ने हरेक व्यक्ति कृषि कारखाना स्थापनाका हिस्सेदार हुने उनले बताए। 

कृषि औजार स्थापना हुन सके त्यसमा झन्डै ६ सय जतिले रोजगारी पाउने उनले बताए। हाल सम्पूर्ण कृषि औजारहरू छिमेकी देश भारत र चीनबाट भित्रिने गरेको उनले बताए। शनिबार प्युठान नगरपालिका बिजुवारमा समेत पुस्तक बिक्री उनको भनाई छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्