समय : ०६:२५ am | शनिबार , श्रावण १२ गते २०८१

बर्जिबाङमा करेन्ट लागेर एक किशारीको मत्यु

सन्तोष सुनार | श्रावण ३० गते २०८०

साउन ३० प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ८ बर्जिबाङमा करेन्ट लागेर एक किशारीको मत्यु भएको छ ।आईतवार जङ्गली जनावारबाट बच्न आफ्नो घर देखि १५० मिटर तल बारीमा भएको मकैहरुको सुरक्षित गर्न लागि लगाईएको करेन्टको स्वीज बन्द गरेको तर तार ननिकाली बारीमा गएको अवस्थामा हिम बहादुर थापाकी छोरी १७ वर्षकी पुजा थापाको खुट्टामा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक लाल बहादुर विकले स्वगद्वारी अपडेटलाई जानकारी दिनुभयो ।

मृतक थापाको शवलाई पोष्टमार्टमको लागि भिङ्ग्री अस्पतालमा लगी आफन्तले बुझी सोमवार दाहसंस्कार गरिएको सुचना अधिकारी तथा प्रहरी निरिक्षक विकले बताउनुभयो । मृतक थापा एस.ई.ई मा लागेको विषयको ग्रेडवृद्धिको परिक्षा दिएर बसेको स्थानिय माधव अधिकारीले बताउनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page