समय : १०:३१ am | बुधबार , असाेज ७ गते २०८३

रोल्पाका ७२ मध्ये ३ वडामा कांग्रेसको वडा अधिवेशन हुन सकेन

स्वर्गद्वारी अपडेट | असाेज ७ गते २०८३

रोल्पा। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोल्पाका ७२ मध्ये ६९ वडामा वडा अधिवेशन सम्पन्न भएको छ।

असोज ३ र ४ गते सम्पन्न अधिवेशनबाट ६९ वटै वडामा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको नेपाली कांग्रेस रोल्पाले जनाएको छ। बाँकी तीन वडामा भने निर्धारित समयमा अधिवेशन हुन सकेन।

रोल्पाका ६९ वडाबाट वडा सभापतिसहित २४ जना क्षेत्रीय प्रतिनिधिसमेत निर्विरोध चयन भएको १५औँ महाधिवेशनका रोल्पा जिल्ला निर्वाचन अधिकृत सुदीप गौतमले जानकारी दिए।

गौतमका अनुसार रोल्पामा करिब ९७ प्रतिशत वडा अधिवेशन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। ‘रोल्पामा हामीले करिब ९७ प्रतिशत वडा अधिवेशन सम्पन्न गरेका छौँ। तीन प्रतिशत अर्थात् तीन वडामा मात्र अधिवेशन हुन सकेन’, उनले भने।

रोल्पा नगरपालिका–१ मा कर्णपाल घर्ती, २ मा भुवनेश्वर आचार्य, ३ मा लीलाबहादुर रोका मगर, ४ मा जमलाल रोका मगर, ५ मा रकबहादुर महरा, ६ मा देउसिं घर्ती मगर, ७ मा कुमारसिं बुढा मगर, ८ मा पदम वली, ९ मा झक्कुप्रसाद वली र १० मा गिरिराज थापा वडा सभापति निर्वाचित भएका छन्।

सुनिलस्मृति गाउँपालिका–१ मा मोहन भण्डारी, २ मा राजेन्द्रसिंह ठकुरी, ३ मा तुलाराम बिष्ट, ४ मा नारायण विष्ट, ५ मा शुकलाल थापा, ६ मा शालिकराम केसी, ७ मा रेशमलाल सेती महर र ८ मा भुमा पुन वडा सभापति बनेका छन्।

लुङ्ग्री गाउँपालिका–१ मा झकमन घर्ती मगर, २ मा राजेन्द्र खड्का, ४ मा डोरबहादुर विष्ट, ५ मा तिलकबहादुर बिष्ट, ६ मा अञ्जना मल्ल ठकुरी र ७ मा थमनबहादुर घर्ती मगर वडा सभापति निर्वाचित भएका छन्।

सुनछहरी गाउँपालिका–१ मा वीरबहादुर बुढाथोकी, २ मा केशव घर्ती मगर, ३ मा नरजित विक, ४ मा लालबहादुर दमाई, ५ मा सरु पुन, ६ मा भीमबहादुर पुन र ७ मा नन्दबहादुर बुढा वडा सभापति बनेका छन्।

थबाङ गाउँपालिका–३ मा दुमे रोका मगर, ४ मा रामकाजी रोका र ५ मा कुलमान रोका मगर वडा सभापति निर्वाचित भएका छन्।

परिवर्तन गाउँपालिका–१ मा धनप्रसाद रोका, २ मा बलवीर डाँगी, ३ मा रणबहादुर चन्द, ४ मा पृथ्वी बुढा मगर, ५ मा तुल्सीराम वली र ६ मा वीरबहादुर घर्ती मगर वडा सभापति बनेका छन्।

माडी गाउँपालिका–१ मा चंखे वली, २ मा हरदेव घर्ती मगर, ३ मा बन्न घर्ती मगर, ४ मा दुर्गाबहादुर वली, ५ मा चन्द्रबहादुर बुढा मगर र ६ मा गंगाबहादुर घर्ती वडा सभापति निर्वाचित भएका छन्।

गंगादेव गाउँपालिका–१ मा अजमत डाँगी, २ मा मोहलाल घर्ती, ३ मा चुडामणि डाँगी, ४ मा गुफान वली, ५ मा इन्द्रबहादुर बुढा, ६ मा नन्दबहादुर खत्री र ७ मा टंकबहादुर वली वडा सभापति बनेका छन्।

त्रिवेणी गाउँपालिका–१ मा हिमु रोका मगर, २ मा ओमप्रकाश थापा, ३ मा रुद्रबहादुर घर्ती, ४ मा शोभाराम बुढा मगर, ५ मा जितसिं सुनार, ६ मा रमेश परियार र ७ मा गुमान बाँठा वडा सभापति निर्वाचित भएका छन्।

रुन्टीगढी गाउँपालिका–१ मा गंगालाल बुढा, २ मा शोभबहादुर महतरा, ३ मा नरेन्द्र पुन, ४ मा नुमताज कवर, ५ मा दिलबहादुर थापा, ६ मा गोकर्ण लामिछाने, ७ मा चन्द्रबहादुर बोहरा, ८ मा खिमबहादुर रोका र ९ मा दिनेश पुन वडा सभापति निर्वाचित भएका छन्।

तीन वडामा अधिवेशन हुन सकेन

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि रोल्पाका तीन वडामा भने अधिवेशन हुन सकेन।

लुङ्ग्री गाउँपालिका–३ मा आन्तरिक तथा प्राविधिक समस्याका कारण अधिवेशन हुन नसकेको नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले जानकारी दिए। थबाङ गाउँपालिका–१ र २ मा क्रियाशील सदस्यको संख्या कम भएकाले अधिवेशन हुन नसकेको उनले बताए।

‘हामीले करिब ९७ प्रतिशत वडा अधिवेशन सम्पन्न गरेका छौँ। सम्पन्न सबै वडामा वडा सभापतिदेखि अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। तीन वडामा केही समस्याका कारण तोकिएको समयमा अधिवेशन हुन सकेन,’ थापाले भने।

थबाङ गाउँपालिका–१ को ठूलो गाउँ र २ को झकेबाङलाई कम्युनिस्ट आन्दोलनको उद्गम थलोका रूपमा समेत चिनिन्छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुँदैछ।

यो पनि पढ्नुहोस्