प्युठान। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत असोज ७ गते बुधबारदेखि सुरु भएको पालिका अधिवेशनमा प्युठानका दुई पालिकामा पुरानै सभापति दोहोरिएका छन्।
मल्लरानी गाउँपालिकामा रमेश श्रेष्ठ र गौमुखी गाउँपालिकामा मधुराम केसी पुनः पालिका सभापतिमा निर्वाचित भएका छन्।
प्युठान कांग्रेसका अनुसार जिल्लाका अन्य ७ स्थानीय तहमा भने नयाँ अनुहार पालिका सभापतिमा आएका छन्।








