समय : १०:०९ am | बिहिबार , असाेज ८ गते २०८३

रिकापिमा एक कप चिया

स्वर्गद्वारी अपडेट | असाेज ८ गते २०८३

उकुसमुकुस यो

बिहानी,

न्यानो सिरानी,

रमणीय मनोस्मृति

रिकापीमा एक कप चिया

सरर चियाको बाफ

निथ्रुक्क भिजेका रेशमी केस

अकल्पनीय सुन्दरता

मत्त यौवना अनि कुटिल भाव

नजिकिँदै गरेका तिम्रा पदचाप

एकै साथ

समीप तिमी आउनु

अनि म बिउँझनु!

छ्या -

कस्तो नमीठो संयोग!

@भुवन कुमार शाही

यो पनि पढ्नुहोस्