समय : ०९:४० am | शनिबार , श्रावण १२ गते २०८१

अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसमा माण्डवीले १५ महिलालाई सम्मान

स्वर्गद्वारी अपडेट | फागुन २६ गते २०८०

प्युठान। प्युठानको माण्डवी गाउँपालिका वडा -३ को आर्थिक सहयोगमा भुवनेश्वरी महिला बचत तथा ऋण सहकारी सँस्थाको आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भब्यताका साथ सम्पन्न गरिएको छ।  

‘महिलामा लगानी सभ्य र सम्मुनत समाजको थालनी’ भन्ने राष्ट्रिय नारा कायम गरिएको उक्त कार्यक्रममा नारा सहितको र्याली,महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान,महिला नेतृत्वमा भूमिका निर्वाह गरेका महिलाहरुलाई नगद तथा प्रमाण पत्र सम्मान र स्वास्थ्य आमा समुहका अध्यक्षहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरेको माण्डवी गाउँपालिका -३ वडा अध्यक्ष धनेन्द्र कार्कीले बताए।'हाल पनि समाजमा नारीहरु विभेदको चपेटामा रहेको र त्यसलाई हटाउन नारीहरु खुलेर अगाडी आउनुपर्ने छ।' उनले भने –'वडा भित्र रहेका महिला उत्थान तथा महिला सशक्तीकरणमा निस्वार्थ भावना राखी महिला नेतृत्वमा प्रभावकारी भूमिका निर्वाह गरेको योगदानको कदर स्वरूप ६ महिलाहरुलाई सम्मान गरेको उनको भनाई छ।' त्यसै गरि देबिस्थान स्वास्थ्य चौकी अन्तर्गत ९ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद तथा प्रमाण पत्रले सम्मान समेत गरेको अध्यक्ष कार्कीको भनाई छ।

प्रमुख अतिथी माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी 'रोशन' ले नारीहरुको समस्यालाई समाधान गर्ने प्रविधिमैत्रि नवीन खोजमा महिलाहरुलाई समेटिनुपर्ने धारणा ब्यक्त गरेका थिए ।

करिव २ सय महिला सहभागी रहेको उक्त कार्यक्रममा वडा स्तरीय महिला सन्जाल, स्वास्थ्य स्वयंसेविका,शिक्षिका,पत्रकार र स्थानीय महिलाहरुको सहभागी रहेको थियो।

त्यस्तै गरि कार्यक्रममा  हाजिर जवाफ, चम्चा दौड र कुर्ची रेस खेल समेत संचालन गरिएको थियो। कार्यक्रम संचालन वडा कार्यालय सचिव कमल योगीले गरेका थिए। 

सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन्। तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।

आफुले पाउने सेवा सुबिधाबाट आमा समुहलाई सहयोग

माण्डवी गाउँपालिका-३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले देबिस्थान स्वास्थ्य चौकी अन्तर्गत स्वास्थ्य आमा समुहको ९ जना अध्यक्षहरुलाई आफुले पाउनु पर्ने सेवा सुबिधा बाट प्रेसर कुकर सहयोग गरेको अध्यक्ष कार्कीले बताए।'कुनै समुहको नेतृत्व गर्दा अलि बढी जोखिमको मोल्नु पर्ने हुन्छ।'उनले भने –'उपभोक्ता समूहको नेतृत्व  तथा आमा समुहको अध्यक्षमा रहँदा केहि घरायसी कामको समेत प्रभाव हुने हुँदा र सेवा सुबिधा समेत नभयकाले धेरै महिलाहरुको नेतृत्व कमि भएको कारणले उनीहरुको हौसलाको निम्ति सहयोग गरेको कार्कीले बताए।

अध्यक्ष कार्कीले नारी दिवस केवल दिवसमा मात्र सिमित नराखि महिलाहरुलाई सक्रिय गराएर सीपमुलक र नवीनतम प्रविधिमा समेत नारीहरुको पहूँच पुर्याउनुपर्ने कुरा ब्यक्त गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page