समय : ०७:५२ pm | शनिबार , जेठ ३१ गते २०८२

प्युठानमा विद्यार्थी भर्ना अभियान

स्वर्गद्वारी अपडेट | वैशाख २ गते २०८१

प्युठान।नयाँ शैक्षिक सत्र २०८१ का लागि आजदेखि प्युठानका नौ वटै स्थानीयतहमा रहेका सामुदायिक बिद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ प्युठानमा अभियान सुरु हुन लागेको हो।

विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइ शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न सरोकारवाला निकायलाई केन्द्रले आग्रह गरेको हो।

त्यस्तै वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन आह्वान गर्नेलगायत कार्यक्रम छन्।

यो पनि पढ्नुहोस्