समय : १०:१० am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु

सन्तोष सुनार | असाेज १५ गते २०८०

असोज १५ गते

प्युठान । प्युठानमा माछा मार्ने क्रममा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । सोमवार प्युठान नगरपालिका ५ जुम्रीकाडा निवासी वर्ष २७ का शोभाराम घर्ति मगरको जुम्रीखोलामा माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक हुमानन्द खनालले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

मृतक घर्तिमगरलाई उनकी श्रीमति संगीता घर्तिमगरले जुम्रीखोलामा घोप्टो परेको अवस्थामा देखेर उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल विजुवार लग्दै गर्दा मृत्यु भईसकेको प्रहरी निरिक्षक खनालले बताए । उक्त घटना बेलुका ७ः४५ मिनेटमा घटेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page