समय : १२:४५ pm | शनिबार , श्रावण १२ गते २०८१

आज ग्याल्पो ल्होसार मनाइदै

स्वर्गद्वारी अपडेट | फागुन २८ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।शेर्पा समुदायले आज आफ्नो साँस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदै छन् । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page