समय : ०६:३४ am | शनिबार , श्रावण १२ गते २०८१

कार्यसम्पादनमा सरुमारानी गाउँपालिका देशभरिमा छैटौं 

स्वर्गद्वारी अपडेट | फागुन १० गते २०८०

प्युठान । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा प्युठानको सरुमारानी गाउँपालिका देशभरिका गाउँपालिकामध्ये छैटौं भएको छ । कार्यसम्पादन मूल्यांकनमा समग्र गाउँपालिकामध्ये भने प्युठानको सरुमारानी गाउँपालिका ४९.१९  अंक प्राप्त गरी छैटौं भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार मालिकाले ५५.४० अंक प्राप्त गरी गाउँपालिकामध्येमा मालिका गाउँपालिका देशकै पहिलो बनेको हो । 

कार्यसम्पादन मूल्यांकनमा समग्र स्थानीय तहमध्ये भने अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको छ । प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अंक सहित दशौं भएको छ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page