समय : ०५:२५ am | शनिबार , श्रावण ११ गते २०८१

तरुण दल प्युठानद्वारा मल्लरानीमा सरसफाई

स्वर्गद्वारी अपडेट | चैत्र १९ गते २०८०

प्युठान। मल्लरानी गाउँपालिकाको पर्यटकीयस्थल मल्लरानीमा नेपाल तरुण दल प्युठानले  सरसफाई कार्यक्रम  सम्पन्न गरेको छ। नेपाल तरुण दल प्युठानले  आज मल्लरानी  डाँडामा सरसफाई गरेको हो ।

नेपाल तरुण दल प्युठानका अध्यक्ष रोयल कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दलको केन्द्रीय सदस्य सनत श्रेष्ठ, नेपाली कांग्रेस प्युठान मल्लरानी गाउँपालिका वडा नम्बर ४ वडा सभापति दिनेश बिक्रम शाह, गौमुखी गाउँपालिकाको निवर्तमान गाउँपालिका उपाध्यक्ष तुलसा सुनार,तरुण दल जिल्ला सदस्य सरद रायमाझी,नेपाली काँग्रेसका क्रियाशील सदस्य शान्त राज लम्साल, किरण के,सी, युवराज बिस्ट, लगायतका सहभागी थिए।  

त्यसै क्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्कालाई फोहोर मैलाको उचित व्यवस्थापन गर्नको लागि नेपाल तरुण दलले  ज्ञापन पत्र बुझाएको थियो।उक्त कार्यमा सहकार्य गर्न तरुण दल सँग स्वच्छ हराभरा मल्लरानी निर्माणमा आफुहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कृष्णले मानिसको प्रतिष्ठा संग जोडिएको सरसफाई गरेर तरुण दलले स्रहानीय काम गरेको उल्लेख गरेका छन् । त्यस्तै नेपाल तरुण दलका केन्द्रीय सदस्य सनत श्रेष्ठले मुलुकको विकासमा तरुणको ठुलो भुमिका हुने उल्लेख गर्दै तरुणले चाहे जस्तो सुकै काम गर्न सक्ने बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page