समय : ०८:३६ am | शनिबार , श्रावण १२ गते २०८१

आज देखि एसइइ परिक्षा शुरुः प्यूठानबाट करिब ४ हजार परिक्षार्थी सहभागी हुँदै

स्वर्गद्वारी अपडेट | चैत्र १५ गते २०८०

प्युठान।माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ ।

प्यूठानबाट करिब ४ हजार विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै छन् । २ हजार १ सय ३९ छात्र, १ हजार ८ सय ३७ छात्रा सहित जम्मा ३ हजार ९ सय ७६ जनाले यो वर्षको एसईई परीक्षामा सामेल भएको शिक्षा विकास समन्वय इकाई प्यूठानका प्रमुख दुर्ग बहादुर खड्काले जानकारी गराए ।

प्युठानमा परीक्षा सञ्चालनका लागि १६ वटा परीक्षा केन्द्र तोकिएको छ। ७२ समुदायिक विद्यालय, ७ संस्थागत विद्यालय तथा एक खुल्ला विद्यालयका विद्यार्थीहरुहरु परीक्षामा सहभागी छन्। चैत २९ गतेसम्म चल्ने परिक्षा चल्नेछ ।

परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको शिक्षा विकास समन्वय इकाई प्यूठानका प्रमुख खड्काले बताए  ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page