समय : ०९:४५ am | शनिबार , श्रावण १२ गते २०८१

झिमरुकमा नि:शुल्क शिक्षाले विद्यार्थीको आकर्षण

स्वर्गद्वारी अपडेट | फागुन ३० गते २०८०

प्यूठान।झिमरुक गाउँपालिकाले स्नातक तहसम्म नि:शुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ।झिमरुक गाउँपालिका–५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई शिक्षा र भर्ना शुल्कमा छुट दिएपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको क्याम्पसले जनाएको छ ।

झिमरुक गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गौमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क शिक्षा प्रदान गर्ने नीति तथा कार्यक्रम लिएको थियो।गत वर्ष क्याम्पसको पहिलो वर्षमा भर्ना भएका विद्यार्थीको सङ्ख्या ५३ रहेकामा यस वर्ष वृद्धि भई एक सय ४५ जना पुगेको गौमुखी क्याम्पसका क्याम्पस प्रमुख शेरबहादुर जिसीले जानकारी दिए।

क्याम्पस प्रमुख जिसीका अनुसार विद्यार्थीले प्रथम वर्षमा रु तीन हजार पाँच सय ५०, दोस्रो र तेस्रो वर्षमा रु तीन हजार र चौथो वर्षमा रु दुई हजार पाँच सय भर्ना शुल्क र मासिक रु आठ सयका दरले शिक्षा शुल्क लाग्ने थियो सो कार्यक्रम पश्चाताप गाउँपालिकाले  सहयोग गरेपछी शुल्क पूर्ण रुपमा छुट भएको हो ।

'व्यवस्थापन र प्रयोगात्मक परीक्षा शुल्क विद्यार्थीले व्यहोर्नुपर्ने भए पनि भर्ना र शिक्षा शुल्क पूर्णरुपमा छुट छ।” उनले भने- ' क्याम्पसभर जम्मा दुई सय ७० जना विद्यार्थी रहेका छन्।' नि:शुल्क शिक्षाले महिलालाई उच्च शिक्षाको पहुँचमा ल्याउन थालेको क्याम्पस प्रमुख जिसीको भनाई छ।

२०६३ सालमा स्थापित गौमुखी क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्काय अन्तर्गतका विषयमा पढाइ हुन्छ ।

आयस्रोतविहीन बस्तीमा नि:शुल्क पठनपाठनले विद्यार्थीलाई सहज र पहुँच वृद्धि गरिदिएको झिमरुक गाउँपालिका–५ ओखरकोटका स्थानीयवासी दलबहादुर जिसीले बताए। झिमरुक गाउँपालिकाले स्नातक तहमा नि:शुल्क शिक्षाका लागि गत आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षत्रीले बताए।

क्याम्पसलाई वर्षेनी अनुदान दिँदै आइरहेको भए पनि यस वर्षबाट गाउँपालिकाले स्नातकसम्मको शिक्षा नि:शुल्क गर्ने योजनाअनुसार बजेट व्यवस्था गरेको अध्यक्ष महतराको भनाई छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २५ लाख चालु आर्थिक वर्षमा २५ लाख उपलब्ध गराइसकेको छ। विद्यार्थी सङ्ख्याअनुसार थप व्यवस्था मिलाउने गाउँपालिकाको योजना रहेको छ।गौमुखी क्याम्पसमा अध्ययन गर्ने जुनसुकै पालिकाका विद्यार्थीको हकमा नि:शुल्क हुने अध्यक्ष महतराको भनाइ रहेको छ  ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page