समय : ०९:२३ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा बसभित्र एक यात्रुको मृत्यु

सन्तोष सुनार | पौष १८ गते २०८०

प्युठान। प्युठानमा बस भित्रै एकजना यात्रुको मृत्यु भएको छ। बुधवार जिल्लाको चेरनेटाबाट भालुवाङ जाँदै गरेको लु१ख ६१५३ नम्बरको बसमा यात्रा गरिरहेका ऐरावती गाउपालिका ५ सराङकोट बस्ने ४८ बर्षिय नारायण खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बस चलिरहेको बेला बड्डाडा नजिक पुगेपछि एक्कासी बिहोस भएका खत्रीलाई प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको हो र उनलाई प्रेसरका कारण मृत्यु भएको डाक्टरले घोषण गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुभयो ।

खत्री आफन्तहरुसंग भारतमा नोकरी गर्न जान लागेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page