समय : ०६:३४ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीको स्वास्थ्य सँस्थाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | चैत्र २७ गते २०८०

प्युठान।माण्डवी गाउँपालिकाको स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण मंगलबार सम्पन्न  भएको छ।आम जनताको स्वास्थ्यलाई लक्षितगरि कार्यक्रम सुरु भएको हो ।

गाउँपालिकाको ५ वटै वडामा रहेको स्वास्थ्य संस्थामा स्वास्थ्य संस्थाहरुलाई पारदर्शी, जनताप्रति उत्तरदायी, पर्याप्त सेवा सुविधा प्रदान र असल सुसासनको निम्ति यो कार्यक्रम आयोजना गरिएको हो।

स्काई ल्याण्ड मल्टिमिडिया प्रा.लिको सहजीकरण तथा माण्डवी  गाँउपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा आमा समुह, स्वयमसेवीका, महिला समुह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्थानियवासी लगायतका सहभागीता रहेको थियो।

स्वास्थ्य चौकी र स्थानिय संग तथ्याङ्क संकलन गरि स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकिकरण आम भेला गर्दै आइरहेको हो।

आम भेलामा समुदायद्वारा प्रस्तुत गरेका जिज्ञासाहरुको माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोखरेलले सोहि वडाका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी प्रमुखहरुले स्पष्ट पारेका थिए।

गाउँपालिकाका ५ वटै स्वास्थ्य चौकीबाट पाउने सेवा सुविधामा आफुहरु सन्तुष्ट रहेको आम समुदायले धारणा राखेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page