प्युठान। प्युठानमा नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकालाई ४ हजारभन्दा बढी 'स्वर्ण विन्दु प्राशन' (आयुर्वेदिक औषधी) खुवाइएको छ।मंगलबार जिल्लाका ४ पालिकामा 'स्वर्ण विन्दु प्राशन' खुवाईएको हो।
प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष रमेश बिश्वकर्माका अनुसार 'स्वर्ण बिन्दु प्राशन' अनुसार ४ पालिकामा गरि ४ हजार ४ सय जना बालबालिकालाई 'स्वर्ण विन्दु प्राशन' खुवाइएको छ।स्वर्ण बिन्दु प्राशन कार्यक्रमले बालबालिकामा रहेको कुपोषणको समस्या कम गर्न मद्दत पुग्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँदै स्मरण शक्ति, एकाग्रता र बौद्धिक क्षमताको विकास गर्नलाई खुवाईएको अध्यक्ष बिश्वकर्माले बताए।
'स्वर्ण बिन्दु प्राशन' खुवाउनेमा सबै भन्दा धेरै प्युठान आयुवेर्द स्वास्थ्य केन्द्र रहेको छ ।सबै भन्दा कम नौबहिनी गाउँपालिका रहेको छ।प्युठान आयुवेर्द अस्पतालमा बालिका ११ सय २० बालक १३ सय ९० गरि २५ १० जना बालबालिका रहेका छन्।माण्डवी गाउँपालिकाको माण्डवी नागरिक आर्रोग्य सेवा केन्द्रमा बालिका ३ सय ५५ बालक २ सय ९७ गरि ६ सय ५२ जना रहेका छन्।
त्यस्तै स्वर्गद्वारी नगरपालिका स्वर्गद्वारी (भिंग्री) औषधालय अन्तर्गत बालिका २ सय ९२ र बालक ३ सय ६८ जना गरि ६ सय ६० जनालाई खुवाइएको छ।नौबहिनी गाउँपालिकाको नौबहिनि लुङ औषधालयमा बालिका २ सय ८८ र बालक २ सय ९० जना गरि ५ सय ७८ जना रहेका छन् ।
प्राचीन आयुर्वेदिक विधिबाट तयार पारिने 'स्वर्ण बिन्दु प्राशन'ले बालबालिकालाई साइड इफेक्ट नहुने र बालबालिकाको समग्र शारीरिक तथा मानसिक विकासका लागि उत्तम मानिने आयुर्वेद चिकित्सकहरूको विश्वास रहेको छ।








