समय : ०३:२४ pm | मङ्गलबार , श्रावण २६ गते २०८३

‘मसँग रिस छ भने बरु छ महिनामै राजीनामा दिन्छु,:-अध्यक्ष रोयल कृष्ण

‘एउटी आमा सन्तान जन्माउन बुटवल जान बाध्य छिन्, सामान्य ज्वरोको उपचारका लागि दाङ जानुपरेको छ, सामान्य शल्यक्रियाका लागि काठमाडौं पुग्नुपरेको छ,’ भन्दै अभिव्यक्तिमा प्रश्न गरिएको छ

स्वर्गद्वारी अपडेट | श्रावण २६ गते २०८३

प्युठान।प्युठानमा गुणस्तरीय स्वास्थ्य सेवा अभावका कारण सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।यही विषयलाई लिएर प्युठान जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बसेलले सामाजिक संजालमा  अभिव्यक्तिमार्फत स्थानीय नेतृत्व तथा प्रदेश सरकारप्रति प्रश्न उठाइएको छन।

उनको अभिव्यक्तिमा भनिएको छ, ‘मसँग रिस छ भने बरु छ महिनामै राजीनामा दिन्छु, तर मलाई छ महिनामै यो अस्पताल बनाउन देऊ।' तीन वर्षको समय नभई छ महिनामै अस्पताल निर्माण तथा सुधार गर्न आफू तयार रहेको भन्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।' उनले थप लेखेका छन्, 'प्युठानमा स्वास्थ्य उपचारका लागि पर्याप्त सेवा उपलब्ध नहुँदा सुत्केरी हुन बुटवल जानुपर्ने अवस्था, सामान्य ज्वरोको उपचारका लागि दाङ पुग्नुपर्ने बाध्यता तथा सामान्य शल्यक्रियाका लागि समेत काठमाडौं जानुपर्ने अवस्था रहेको छ।'

‘एउटी आमा सन्तान जन्माउन बुटवल जान बाध्य छिन्, सामान्य ज्वरोको उपचारका लागि दाङ जानुपरेको छ, सामान्य शल्यक्रियाका लागि काठमाडौं पुग्नुपरेको छ,’ भन्दै अभिव्यक्तिमा प्रश्न गरिएको छ' 'जनताको पीडा देखेर तपाईंको मन पनि रुन्छ कि रुन्न?’ -उनले प्रश्न गरेका छन्।

अस्पतालमा आवश्यक चिकित्सक तथा स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्न प्रदेश सरकार हुदै संघ सरकारसम्म धाइरहेका रहेका छन्,। ‘डाक्टर पठाइदिनुस्, प्रदेशमा तपाईंको पहुँच छ। सक्नुहुन्न भने भएका डाक्टरलाई नलखेटिदिनुस्।' अस्पतालमा चिकित्सक अभाव भैरहेको बेला नवौ तहका चिकित्सकलाई समेत अस्पताल प्रशासनबाट सरुवा गरेको बिषयमा अध्यक्ष बस्यालले यस्तो लेखेका हुन्।

स्वास्थ्य सेवाको अभावकै कारण उपचारका लागि जिल्ला बाहिर जाने क्रममा बाटोमै बिरामी तथा सुत्केरीको ज्यान जोखिममा पर्ने अवस्थाप्रति समेत अभिव्यक्तिमा चिन्ता व्यक्त गरिएको छ। 'बड्डाडा, मसोट तथा नाकढुंगाजस्ता सडक खण्डमा उपचारका लागि बाहिरिँदै गर्दा बिरामीको ज्यान जाने अवस्था हुँदा स्वास्थ्य सेवा  तत्काल सुधार गर्न भनिएको छ।'स्थानीय नेतृत्व र राजनीतिक दलप्रति कडा प्रश्न उठाइएको छ' 'अब भन, यस्तो जनतामारा राजनीति केको राजनीति?’-उनले भने'

अस्पताल निर्माण तथा स्वास्थ्य सेवा सुधारलाई राजनीतिक प्रतिस्पर्धाभन्दा माथि राख्न आग्रह गर्दै सम्बन्धित पक्षलाई 'यो पटक अस्पताल बनाउन आउन' आह्वान गरिएको छ।

यो पनि पढ्नुहोस्