समय : ११:०४ pm | मङ्गलबार , असार २३ गते २०८३

प्युठानमा १ सय बढी सवारी चालकको स्वास्थ्य परिक्षण

स्वर्गद्वारी अपडेट | असार २३ गते २०८३

प्युठान। जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय प्युठानको  संयुक्त आयोजना तथा देवीस्थान स्वास्थ्य चौकीको समन्वयमा सार्वजनिक तथा निजी सवारी चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको  छ।मंगलबार माण्डवी गाउँपालिका -३ जस्पुरमा निजी सवारी साधनहरुका १ सय ५ जना चालकको स्वास्थ्य परीक्षण गरिएको हो।

देवीस्थान स्वास्थ्य चौकी देवीस्थानको प्राविधिक सहयोगमा गरिएको स्वास्थ्य परीक्षणमा चालकहरूको रक्तचाप, आँखाको दृष्टि, सुगर,एचआईभी लगायत आधारभूत स्वास्थ्य अवस्था जाँच गरि प्राथमिक औषधि समेत नि:शुल्क वितरण गरिएको देवीस्थान स्वास्थ्य चौकीका प्रमुख गिर बहादुर नेपालीले बताए।

चालकको स्वास्थ्य अवस्था राम्रो रहेमा सडक दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वासका साथ यस्तो कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य चौकीले जनाइएको छ।आगामी दिनमा पनि चालकहरूको स्वास्थ्य परीक्षण तथा सडक सुरक्षा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।

यो पनि पढ्नुहोस्