समय : ०६:२५ am | शनिबार , श्रावण १२ गते २०८१

आगोको ज्वाला बनेर आऊ : गिरी

स्वर्गद्वारी अपडेट | असाेज २६ गते २०८०


मोहन गिरी
, प्युठान ।

आऊ आऊ आगोको ज्वाला बनेर आऊ

डडाऊ, भश्म पार कुरीति, कुसंस्कारका डुंगुरहरु

यहां सुदन्दर बनाउनु छ, पहाड, हिमाल र भिर पाखाहरु

हिमालको चिसो हावा तराईका हरिया फाँटमा

तराईको हरियालीको मनोरम दृश्य हिमालको चुचुरोमा

हिमाल, पहाड र तराईको मिलनमा एउटा नेपाल

विभिन्न जात, जाति, भाषा, धर्म र संस्कृतिको

अन्तर घुलनको स्वादमा रम्दै सम्पुर्ण देश बाशी नेपाली

हुनुको नाताले एउटा गर्वको श्वासप्रश्वासमा

बढ्दै बढ्दै जानु छ, अस्तित्व कायम राख्न

यसैले आऊ, आऊ आगोको ज्वाला बनेर आऊ

हामी त मिलेकै थियौ अग्लो होचो जहाँ बसे पनि

तर सम्म्याउनु पर्छ उबड खाबड खाल्टा खुल्टी

आखिर हामी एउटै त हौ तर किन तल र माथि

सम्म्याउनु छ हाम्रा अन्तर कुन्तरका ढिक काल्नाहरु

डढाउनु छ हाम्रा मन मुटावका बासी असन्तुटिहरु

चिन्नु छ हामीलाई नदिको दुई किनारमा उभ्याउनेहरु

कतै हाम्रा विचमा छद्मभेषी त छैनन् अरुको ईशारामा

यसैले आऊ, छद्मभेषी डाउन, खरानी पार्न

आऊ आऊ आऊ छिटै आऊ ढिलो नगरी ।

गिरी स्वर्गद्वारी बहुमुखी क्याम्पसको पुर्व क्याम्पस प्रमुख पनि हुन

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page