समय : ११:१४ am | सोमबार , भाद्र १ गते २०८३

देशभरका सम्पूर्ण म्यानपावर बन्द,श्रमिक उडान पनि नहुने

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०८३

काठमाडौँ । सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गरिने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूप्रति सरकारले उदासीनता देखाएको भन्दै बन्द गर्ने घोषणा गरेका हुन् । म्यानपावर कार्यालय मात्र नभई म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रियासमेत पूर्ण रूपमा रोकिने सङ्घले जनाएको छ।

सङ्घले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकहरूको उडानका लागि दिइएको समयसीमा समाप्त भएपछि सोमबारदेखि पूर्ण रूपमा काम(कारोबार ठप्प गर्न लागिएको हो।

यो पनि पढ्नुहोस्