फागुन १० गते २०८०
06:05: AM
फागुन १० गते २०८०
06:05: AM

युवा र राजनीति

मंसिर १२ गते २०८०
5:48 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

मुक्ति पोखरेल

कतिपय मानिसहरुले युवा बिद्यार्थी राजनीतिबाट टाढै  रहनुपर्छ भन्ने मान्यता राख्छन्।उनीहरुको धारणा के छ भने राजनीति भनेका समाजका टाठाबाठा मानिसले चासो राख्ने चिज हो।राजनीति चाहिँ राजनीतिज्ञले गर्नुपर्छ विद्यार्थीले पढ्ने लेख्ने काम मात्र गर्नु पर्छ भन्ने मान्यता राख्छन्।समाजका शिक्षित र उर्जाशील युवा विद्यार्थीहरु राजनीतिकबाट टाढा रहनु उचित होला र ? युवा बिद्यार्थी मात्र होइन समाजका कुनै पनि तह र तप्काका, वर्ग र समुदायको मानिस राजनीतिवाट अछुत हुन सक्दैन।तर त्यसमा पनि युवा बिद्यार्थी बर्गको राजनीतिमा गहन भूमिका रहने गर्दछ।यसै सन्दर्भमा कमरेड माओंले भन्नुभए‌को बिचार यहाँ समय सान्दर्भिक देखिन्छ। "हे युवाहरु संसार तिम्रो हातमा छ हामी अस्ताउन लागेको जुन हो भने तिमी उदीयमान सूर्य हो।"

यसले पनि के स्पष्ट पर्छ भने समाजका अरु वर्गको तुलनामा युवा वर्ग राजनीतिवाट टाढा रहन सक्दैनन।फेरि संगठित र असंगठित रुपमा नयाँ सन्दर्भ र विषय आउने बित्तिकै पहिलो क्रियात्मक अभिव्यक्ति दिने वर्ग युवा बनेको छ।अझ  हिजो पार्टीहरु प्रतिबन्धित भएको समयमा त नेपाली समाजमा राजनैतिक पार्टीले खेल्नुपर्ने राजनैतीक भूमिका युवा विद्यार्थीले खेलेका थिए। यति मात्र होइन कम्युनिष्ट पार्टी संसोधनबादको दलदलमा चुलुर्म डुबेको बेला त्यसको विरुद्ध विद्रोहको झन्डा उठाउदै नेपाली जनताको संसोधनबाद बिरोधी भावनाको असली  प्रतिनिधित्व युवा विद्यार्थीले गरेका थिए।

एकातिर आफूलाई प्रगतिशील क्रान्तिकारी धारमा उभ्याउदै अर्को तर्फ योजना कार्यन्वयनको दिशामा तानाशाहका प्रमुख शत्रु बन्दै मुक्ति र मृत्युको कसम खाँदै आन्दोलनको अग्र मोर्चामा उभिने शक्ति युवा बिद्यार्थी बनेको छ।

चाहे त्यो ०३६ सालको आन्दोलनमा होस् चाहे त्यो ०४६ सालको आन्दोलनमा होस् चाहे त्यो ०६२ /०६३ को आन्दोलनमा किन नहोस। फेरि देशकै राजनैतिक शासन ब्यवस्थालाई राजनीतिले कमाण्ड गरेको हुन्छ ।

यदि देशको शासन व्यवस्था ठीक  भएमा सम्पूर्ण चीजहरु ठिक अवस्थामा हुन्छन।   ।देशको शासन व्यवस्था गलत भएमा सम्पूर्ण चिजहरु बिग्रदै  गएका हुन्छन।

फेरि देशको शासन व्यवस्था कस्तो बनाउने हो भन्ने कुरा युवा विद्यार्थीको हातमा हुन्छ।फेरी अर्कोतर्फ युवा विद्यार्थीहरुले राजनीति गर्न हुँदैन,राजनीतिबाट युवा विद्यार्थीहरु अलग हुनुपर्छ भन्ने मान्यता राख्ने लाई हाम्रो प्रश्न छ की देशमा बिध्यमान भ्रस्टाचार, कमिशन,कालोबजारी , घुसखोरी र दलालहरुको  बिरुद्द सामुहिक आवाज उठाउने कि नउठाउने ? शैक्षिक निजीकरणबाट नेपालको शिक्षा प्रणाली हुने खाने  वर्गको पेवा बन्दै गएको छ। गरिवका छोरा छोरीहरु शिक्षाको उज्यालो घाम बाट वन्चित भइरहेका छन्।यो असमानताको अन्त्य हुनुपर्छ भनेर सामुहिकरुपमा आवाज उठाउने कि नउठाउने ? निस्चित रुपमा युवा विद्यार्थीले यस प्रकारको गलत कार्यको बिरुद्द आवाज बुलन्द गर्ने पर्छ ।यसरी सामुहिक अवाज उठाउनु नै राजनीतिक हो अर्थात सामुहिक रुपमा स्वार्थ सिद्दीको लागि गरिने संगठित प्रयत्न  नै राजनीतिक हो।  

अझ राजनीतिक शास्त्रले  के सम्म बदल्छ जव एउटा बच्चाले आमाको गर्भ बाट पहिलो पटक जमिनमा टेक्दा बित्तिकै उसको पहिलो काम रुने हुन्छ उक्त रुवाई  बाट  उसले यी कुरा बताउने प्रयत्न गर्छ कि संसारमा मेरो पनि अस्थित्व छ।

मलाई भोक लाग्यो मैले दुध खान पाउनुपर्छ भन्ने सङ्केत उक्त रुवाई  उसको आमा बिरुद्द दुध  खान गरेको संघर्ष हो।  उक्त रुवाई प्रथम राजनीतिको शुरुवात हो र ऊ  जीवनभर राजनैतीक क्रियाकलापमा संलग्न रहन्छ ।

न शिक्षक, न विद्यार्थी, न डाक्टर, न इन्जिनियर, न वैज्ञानिक यही यथार्तलाई मध्यनजर गरेर लेनिनले भन्नुभएको छ "हामी खुल्लम खुल्ला घोषणा गर्छौकी  जीवन  राजनीतिबाट अलग रहेको शिक्षाको कुरा गर्नु झुट कुरा हो " र आइन्सटाइन जसलाई यस युगको  भौतिक शास्त्रको पिता भनेर चिनिन्छ  दोस्रो बिस्व युद्ध अवधिमा यताका यहुदीलाई जर्मनबाट  लखेटने क्रममा हिटलरको सत्ताबाट वैज्ञानिक आइन्सटाइन पनि जर्मनबाट लेखेटिनु पर्ने अवस्था आउदैन थियो होला ।अमेरिकामा भने बैज्ञानिक सम्मेलनमा पुगेको आइन्सटाइनले बुझेपछी सिदान्तलाई  कार्यरुपमा परिणत गर्न अमेरिकाले ठुलो धन रासी खर्च गर्नु परेको थियो ।

यहाँ बैज्ञानिकहरू पनि राजनैतिक सक्ताबाट अलग रहन सक्दैनन भन्ने कुरामा आइन्सटाइनको प्रसंग कोट्याईएको छ । आइन्सटाइन  भनेका हुन्-"मानिस जनजातै राजनीतिक पशु हो।"यसले पनि के स्पस्ट पार्छ भने मानिस चाहेर वा नचाहेर पनि राजनीतिक बाट अलग हुन् सक्दैन ।

राजनीतिबाट कुनै पनि व्यक्ति अप्रभावित र पृथक  रहन सक्दैन भन्ने कुरा स्पष्ट  भईसकेपछि हामीले कस्तो राजनीतिक गर्नु पर्छ भन्ने कुरा पनि स्पस्ट हुनु आवस्यक छ । हामीले अंगालेको राजनीतिक विचारधारा राष्ट्र र जनता प्रति बफादार भएको हुनुपर्छ ।यसरी नै समाजका थुप्रै प्रकारका अन्याय, अन्याचार शोषण ,दमन, र भ्रस्टाचार, बिरुद्द  बिद्रोहको आवाज ओकल्दै  न्याय समानता र शोसण रहित सामाज  निर्माण गर्ने उदेश्य द्वारा प्रेरित बैज्ञानिक समाजबादी राजनीतिक विचारधारा अगाल्न आवस्यक छ ,त्यसैले युवा र राजनीति एक अर्काका परिपूरक हुन्।  

रिप्लाई गर्नुहोस

You cannot copy content of this page