अनुज पछाई। राजधनीमा बसेको म आजभोली अलिक व्यस्तता बढेको छ । अफिसको कामले केहि दिनमा एक अभियान लिएर सुदुरपश्चिमको अछाम जिल्लामा जानुपर्ने छ । लामो यात्रा अनि करिब २ महिना उतै बिताउनुपर्ने भएकाले त्यसकै तयारीमा ब्यस्त थिए । काम पनि बाक्लै छ , अफिस व्यबस्थापन संगै मिडिया,मिडियासंगै समाजिक संघ संस्था, सामाजिक संघसंस्था संगै हलाफुल्का टिचिङ गर्ने म बिहान देखि साझ सम्म काममा नै हुने गर्दछु ।
आइतबार साझ छ बजेको लागि समाचारहरु तयार गरेर रेकर्डको लागि आफ्नो क्याविनबाट स्टुडियो तर्फ जादै थिए । यसो मोबाइलमा फेसबुक खोलेर हेर्दै गर्दा आखाँ एउटा तस्विरमा गएर अडकियो । तस्विरमा थिए–एक जना पुरुष,एक जना महिला अनि उक्त पुरुषलाई फुलमालाले आखाँ नै छोपिएको । रातो अबिरले अनुहार भरी पोतेको ।
मेरा यि आखाँले ठम्याउन समय नै लागेन–ति व्यक्ति थिए । आट,हौसला,निस्वार्थी मनको धनी मेरो हेडसर ।
मेरो घर प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं। २ चितिखोला । बालपन त्यहि बित्यो किशोराअवस्थादेखि गाउँ नै मेरो लागि बिरानो भएको छ । पढाइको सिलसिला अनि जागिरको कारणले गर्दा गाउँ जान मलाई पनि चाडपर्व या त बिशेष काम नै चाहिन्छ । घर देखि ५०० ेमिटर तल जानकी माध्यमिक बिद्यालय छ । जहाँ मैले कक्षा १० सम्म अध्ययन गरे । एसएलसि सोहि बिद्यालयबाट पास गरे ।
फेसबुकमा हेरेको त्यो तस्विर थियो त्यसै बिद्यालयका प्रध्यानाध्यापक–बामदेब पोख्रेल अनि उहाँकी धर्मपत्निको । अनिवार्य अबकास प्राप्त गरेको दिन रहेछ ।
खै किन किन त्यो तस्विरले एकाएक मन झक्कानीयो । सायद एउटा गुरुप्रतिको माया होला । जुम गरे हेरे । फेसबुकमा अनेक स्टाटस लेखेर पोष्ट गर्न मन लागेको थियो तर मनले फिटिक्कै मानेने मेरो मनले हेड सरलाई सधै हेडसरको रुपमा हेर्न मन गरेछ क्यारे ।
जीवनको दौडानमा कति शिक्षकहरु फेरीए होलान । अझ मलाई कखरा सिकाउने सर पनि उहाँ होइन तर पनि मनले छोएको शिक्षकमा नै उहाँ पर्नुभएको रहेछ । त्यो महसुस मैले गरे । नजिक थिएन फोटो हेर्दा मन भक्कानीयो एक्कासी ।
म आफै पनि लामो समयदेखि शिक्षण पेशा संगै अन्य पेशामा पनि आवध्द छु । शिक्षणकै लागि पूर्वको सिन्धुली,काभ्रे मध्यपश्चिको गुल्मि,अर्घाखाची र जाजरकोट सम्म पुगे । म कति बालबालिकाको प्यारो भए मलाई थाहा भएन तर हाम्रो हेड सर मनभित्रको कुनामा घर बनाएर बस्नुभएको रहेछ । त्यसैले त बिद्यालयबाट बिदाई हुदा नि त्यहि मनले मानेन अनि कताकता दुख्यो ,पोल्यो अनि त्यो माया र श्रद्धा आखाँबाट झरेको आशुमा देखियो ।
जानकीको लागि जनक हो मेरो हेड सर । सानो झुपडि जस्तै बिद्यालयलाई लाई हेर्दा हेर्दै महल बनाउनुभयो । बिद्यार्थीको मन मात्र नभएर लाखौ अभिभावकको मन जित्नुभयो । सामूदायिक बिद्यालयमा पनि जिल्लामै नमूनाको रुपमा होष्टेल राखेर भएपनि शिक्षा र सामूदायिक बिद्यालय प्रतिको सङकिर्ण सोचलाई फराकिलो बनाउनुभयो ।
जसरी राजा जनकले राजा हुँनुका बावजुत सांसारिक मोह र बन्धनबाट मुक्त भइ राज्य गरेकाले यिनको प्रसिद्धी राजर्षिको रुपमा पनि चिनिन्छ । त्यस्तै निःस्वार्थ बिद्यालयको बारेमा सोच्नुहुने मेरो हेड सर जानकी माबिको लागि जनक हो ।
राजा जनकको वर्णन महाकाव्य रामायणमा सीताका पिताको रूपमा रहेको छ। त्यस्तै मेरो हेडसरको वर्णन हामी जस्ता हजारौ बिद्यार्थीको पिताकै रुपमा गर्ने छौ ।
म यो सोच्दै छु , कसरी मान्यो होला हजुरको मनले म आज बिदा हुदै छु भन्न । कसरी मान्यो होला जानकी माबीलाई बिदाईको हातहरु हल्लाउन कसरी मान्यो होला त्यो चितिखोलाबाट बिदाई हुन ।
गाबिस,वडा,नगरपालिका,जिल्ला सभा हरेक ठाउँमा कयौ पटक बिद्यालयको भबिष्यको लागि भिक जसरी बजेट मागेको मेरा यि आखाँले देखेका छन । त्यो सम्झिदा कस्तो हुन्छ होला । त्यसै जनक हुन त कहाँ पाइन्छ र । मेरो लागि जनक हो तपाई ।
मेरो लाग्दो हो त म आजीवन हेड सरको कुर्सि हजुरलाई नै दिन्थे । तर हामी भन्दा बलवान समय भन्ने चिज रहेछ । तपाई एउटा शिक्षक भएर मात्र जानु भएको छैन । जानकीको जनक भएर जानु भएको छ ।
तपाई जानकी माबि हो र जानकी माबि तपाई हो । जानकी माबिका हामी जस्ता बिद्यार्थीले मात्र होइन जानकीको हरेक इट्टा,गीटी,बालुवाले पनि बामदेब पोख्रेललाई सम्झने छ ।
जे होस्, अबको बाकी पल हजुरको शुभ रहोस् । अबको जस्ले नेतृत्व गर्नुहुन्छ , म जस्ता हजारौ बिद्यार्थीको मन जितेर नेतृत्व गरेको हेर्न पाइयोस् ताकि उहि पुरानो बामदेबलाई सम्झन नपरोस् ।
तपाई त जानकीको जनक हो मेरो हेड सर ।।।