समय : ०५:२२ am | शनिबार , श्रावण ११ गते २०८१

मेरो प्यारो प्यूठान जिल्ला

सन्तोष सुनार | माघ २२ गते २०८०

गौमुखीको शिर मेरो प्यारो प्यूठान जिल्ला
स्वर्गद्वारी तपोभूमी मेरो प्यारो प्यूठान जिल्ला
भित्रिकोट दरवार मेरो प्यारो प्यूठान जिल्ला
झिमरुक नदी बगीरहेको मेरो प्यारो प्यूठान जिल्ला

हिमाल ,पहाड , तराई जस्तै मेरो प्यारो प्यूठान जिल्ला
पहाडको लालीगुराँस मेरो प्यारो प्यूठान जिल्ला
तराईको धान झुल्ने मेरो प्यारो प्यूठान जिल्ला
झिमरुकले सिचाई दिने मेरो प्यारो प्यूठान जिल्ला

खैराकोट भुमेथान मेरो प्यारो प्यूठान जिल्ला
तिखुही पहाड जस्तै मेरो प्यारो प्यूठान जिल्ला
वारीपारी हरियाली मेरो प्यारो प्यूठान जिल्ला
धान, गहु, अन्न भण्डार मेरो प्यारो प्यूठान जिल्ला

मल्लरानी हासी रहने मेरो प्यारो प्यूठान जिल्ला
झाक्रीस्थानमा वली चड्ने मेरो प्यारो प्यूठान जिल्ला
सरुमारानी लेख भनी चिनिएको मेरो प्यारो प्यूठान जिल्ला
विजुली कोटले चिनिएको मेरो प्यारो प्यूठान जिल्ला

धर्मा वति नदी वग्ने मेरो प्यारो प्यूठान जिल्ला
पहाडको लालीगुराँस फुल्ने मेरो प्यारो प्यूठान जिल्ला
झिमरुक जलविद्यूत भएको प्यूठान जिल्ला ।।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page