समय : ०९:४५ am | शनिबार , श्रावण १२ गते २०८१

वीर नेपाली:पोख्रेल

स्वर्गद्वारी अपडेट | माघ ६ गते २०८०

जगत प्रसाद पोख्रेल,

अगी बढ्छौ हामी अव
देशको निम्ती लड्छौ सव
बिरता को सन्देश झुक्दै
अगी अगी बढ्छौ

झुक्ने छैन सिर हाम्रो
रुक्ने छैन यात्रा हाम्रो
तिन करोड नेपाली छौ
एक साथ अगी बढ्छौ

कुनै पनि नेपाली को
सिर झुक्ने छैन हाम्रो
विदेशी को भरमा परि
बस्न हुन्न कहिले पनि

हामी वीर नेपाली
पूर्व पश्चीम उत्तर दक्षिण
सबै हामी नेपाली
सगरमाथा ले चिनिएका
नेपाल हो देश हाम्रो

प्रकृतिले भरी पुर्ण
कति सुन्दर हाम्रो नेपाल
पहाड अनि पखेरामा
लाली गुरास फुल नै राम्रो

बन जंगल हरियाली
जलश्रोतको धनी देशहिमाल पहाड तर्राईको
कति राम्रो मिलेको देश
बहुजाती सास्कृती को
सबै नेपाली को यही हाम्रो देश ।।

( पोख्रेल नेकपा माओवादी केन्द्र प्युठानको प्युठान नगर कमिटिको सदस्य हुन) ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page