समय : ०८:४८ am | शनिबार , श्रावण १२ गते २०८१

वीर नेपाली

स्वर्गद्वारी अपडेट | फागुन ४ गते २०८०

सन्तोष सुनार
प्यूठान ।

अगाडी बढ्छौ हामी अव
देशको निम्ति लड्छौ सव
विरताको सन्देश फुक्दै
अगी अगी बढ्छौ सव

झुक्ने छैन सिर हाम्रो
रुक्ने छैन यात्रा हाम्रो
तिन करोड नेपाली छौ

एक साथ अगी बढ्छौ
कुनै पनि नेपालीको
सिर झुक्ने छैन हाम्रो
बिदेशीको भरमा परी
बस्न हुन्न कहिले पनि
हामी विर नेपाली

पुर्व पश्चिम उत्तर दक्षिण
सबै हामी नेपाली
सगरमाथाले चिनाएको
नेपाल हो देश हाम्रो

प्रकृतिले भरि पुर्ण
कति सुन्दर हाम्रो नेपाल
पहाड अनि पोखरामा
लालीगुराँस फुल नै राम्रो

बन जंगल हरीयाली
जलश्रोतको धनी देश
हिमाल पहाड तराईको
कति राम्रो मिलेको देश
बहु जाती धर्म संस्कृतिको
सबै नेपालीको यही हाम्रो देश।।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page