समय : १२:०९ pm | शनिबार , श्रावण १२ गते २०८१

छ त केवल – मोहन गिरी

स्वर्गद्वारी अपडेट | माघ २४ गते २०८०

मोहन गिरी

न त नाना छ
न त खाना छ
न त छाना छ
छ त केवल
मात्र ताना बाना छ
झुक्याउने गाना छ
न त देशको शान छ
छ त केवल
झुटै झुटको खेती छ
जताततै व्यथिति छ
जता हे¥यो दुर्गति छ
छ त केवल
मात्र लुछाचुँडी छ
ठूला भन्नेको भुडीँ छ
यस्तै यस्तैको जोडी छ
छ त केवल
तिमी हामी काले काले
मिलिजुली खाउँ है भाले
यसैगरी पेट पाले
छ त केवल
हपकाई दब्काई
जसरी नि ताउली टप्काई
खाएका छन लप्काई लप्काई
छ त केवल
गरेका छन ढाँटको खेती
के भाको यिनको मति
के होला है यिनको गति ।।

गिरी स्वर्गद्वारी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page