समय : १०:१२ am | शनिबार , श्रावण १२ गते २०८१

गणतन्त्र

स्वर्गद्वारी अपडेट | माघ ४ गते २०८०

जगत प्रसाद पोख्रेल,

गणतन्त्र तिम्रो नाम सुन्दा आनन्द लाग्यो
गणतन्त्र तिम्रो उमेर अठार बर्षे पुगी सक्यो अव
यहाँ अनेक हतखण्ड प्रयोग गरी बदनाम गराई रहेछन
यि पाखाण्डीहरु अनेकौ जालझेल गरी रहेछन यहा


गणतन्त्र पाइला पाइलामा सहिदको रगत वगेको छ
वस्ती वस्तीमा सहिदको रगतले माटो भिजेको छ
देशै भरी सहिदको रगतले माटो कंकिटमा परिणत भइरहेछ
वन पाखा खोला नालामा सहिदको रगत वगेको छ


सुन्दर सपना को लागी वलिदानीको रगत खेर गएको छ
गणतन्त्र तिम्रो नाम आनन्द लाग्यो
यी दुष्ट पाखण्डी तिम्रोे बदनाम गर्न निप्त छन्, यहा
लाखौ युवा यूवती विदेशी भुमीमा श्रम वेच्न वाध्य पारीयो यहा


हजारौ महिला युवती विदेशी कोठीमा नरक जिवन गुजारी रहेछन
मानव तस्कर को जगजगी वढी रहेको छ यहाँ
भु माफियाहरु राष्ट्रिय सम्पितिमा रजाई गरिरहेछन
२४० वर्ष पुरानो सामन्ती तन्त्र उस्तै छ यहा


राष्ट्र भक्त भन्दै फेरी तानाशाह टाउको उठाई रहेछन
गणतन्त्र तिम्रो आगमन सँग भ्रष्टचारले देश
डुवेको छ , वरवाद भएको छ नेपालीको थाप्लो क्रणले थपीरहेको छ
काण्डै काण्डले देश थला पारी रहेछन दुष्ट साशकहरु यहा


पशुपतिनाथ सुनजलहरी वालुवाटार जग्गा प्रकरण
गिरीधारी चिया वगान एयरपोट सुन काण्ड
एनसिएल काण्ड धमिजा काण्ड यस्तै छ गणतन्त्रको देश
इहा हत्यरा अपराधीलाई उन्मिुक्ति दिइन्छ यहा


निमुखाले कहा पो न्याय पाउछन र
खै कस्तो गणतन्त्र को देश
अनियमिता राष्ट्र प्रेम भावना हराएको छ यहा
गणतन्त्र तिम्रो नाम सुन्दा प्रतिकुल थिए


आज आफै घायल वनी छटपटाई रहेछु गणतन्त्र
गणतन्त्र नाम मात्रको गणतन्त्र
समृद्धी सपना मात्र यो गणतन्त्र
देश चरम अगावै अभाव फसेको


हजारौको रगत वगेको यो गणतन्त्र
खेती योग्य जमिन सहिदको रगतले भिजेको छ
देखाउने दात मात्र भएको छ मेरो गणतन्त्र।।
( पोख्रेल नेकपा माओवादी केन्द्र प्युठानको प्युठान नगर कमिटिको सदस्य हुन) ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page