समय : ०८:३२ am | शनिबार , श्रावण १२ गते २०८१

हाम्रै हो प्यारो नेपाल

स्वर्गद्वारी अपडेट | माघ ८ गते २०८०

जगत प्रसाद पोख्रेल
हुर्काउछौ , बढाउछौ छाती भित्र सजाउँछौ
उठाउछौ माथी माथी अन्जुलीमा राख्दछौ
हाम्रै हो प्यारो नेपाल

सानो भनि सिमा मिचि छिमेकिले हेप्दै
नाना थरी लोभ देखाद अतिक्रमण गर्दैछ
हामी पनि हाम्रो तागत देखाइ ,दिन्छौ कम छैन
नेपालीलाई निर्धो नठान रगत हाम्रो पानी होइन

नेपाली हामी एक हुन्छौ अव हामी फुट्दैनौ
हेपिएका नेपाली सारा डोरी बन्छौ टुट्दैनौ
हुर्काउछौ , बढाउछौ छाती भित्र सजाउँछौ
उठाउछौ माथी माथी अन्जुलीमा राख्दछौ

सिमा मिच्ने हाम्लाई ठग्ने हाम्रा नदिमा
नेपालीलाई फुटाउँदै चुकुल ठोक्ने मुखमा
बोल्छौ अब हामी पनि हाम्रो विवेक कम छैन
रुदा खस्ने आसु हाम्रो मोल नभएको पानी होइन

थाल्छौ अब यात्रा हाम्रो हामी अब रुक्दैनौ
मिचिएका सिमाना ल्याउन मुठी बन्छौ फुट्दैनौ
हुर्काउछौ , बढाउछौ छाती भित्र सजाउँछौ
उठाउछौ माथी माथी अन्जुलीमा राख्दछौ
हाम्रै हो प्यारो नेपाल

हामी यो देशका कर्णधार नेपाली
लिन्छौ अब हाम्रो भुमी अलमल्लिनौ केही गरी
लड्छौ अव हामी पनि विर नेपाली पनि कम छैन
नेपाल यो हाम्रो देश रण भुमीको थलो होइन
हाम्रै हो यो प्यारो नेपाल।।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page