असाेज ९ गते २०८०
07:42: AM
असाेज ९ गते २०८०
07:42: AM

नेपाल सुनको कचौरा लिएर भीख माग्दै छ

जेठ २० गते २०८०
12:08 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

दिपेन्द्र राज अधिकारी

नेपाल सुनको कचौरा लिएर भीख माग्दै छ l पूर्वीय सभ्यता तथा धर्म संस्कृति सर्वप्राचीन र सनातन रहेको छ। यस सम्वन्धमा पूर्वीय तथा पाश्चात्य देशका विद्वानहरूले धेरै अनुसन्धान र शोध गरेका छन् । पश्चिमा देशहरूको तुलनामा हजार बर्षभन्दा अघि हाम्रा साहित्य रचना भएको पाइन्छ। वेद पुराण तथा वैदिक सभ्यताको झन् तुलना हुनै सक्दैन। विकासको गति पश्चिमा देशमा धेरै भएपनि जसरी घाम पूर्व दिशाबाट उदाउँछ त्यस्तै शिक्षा र सभ्यताको विकास पनि पूर्वीय देशबाट भयको मानिन्छ। नेपाल धर्म निरपेक्ष राष्ट्र भयको छ । सबै धर्म संस्कृतिको सम्मान गर्नुपर्छ । कसैको धर्म संस्कृतिमा खेल्ने अधिकार कसैलाई पनि छैन । हिन्दु धर्म मान्ने व्यक्ति लुम्बिनीमा गएर दर्शन गर्दैमा बौद्ध हुँदैन, बौद्ध मान्नेले पशुपतिनाथमा दर्शन गर्यो भने स्वत हिन्दु हुँदैन । कुरा आस्था र श्रद्धाको हो । राजनीतिक तथा कुटनैतिक कोण त थाहा भयन तर धार्मिक कोणबाट हेर्दा देशको ८१.१९ प्रतिशतले मान्ने धर्मको आराध्यदेव नेपालमै छन् । ८.२१ प्रतिशतले मान्ने शान्तिका अग्रदुतको जन्मस्थल नेपालमै छ । जलस्रोत, वनजङ्गल, अमूल्य जडिबुटी, उच्च हिमशृङ्खला, तालतलैया खनिज आदिको खानी छ । यस्तै कुरामा अल्झिएर नेपाल सुनको कचौरा लिएर भीख माग्दै छ भन्ने भनाई सार्थक देखिदै छ ।

रिप्लाई गर्नुहोस