समय : ०९:५१ pm | शुक्रबार , कार्तिक ९ गते २०८१

लुम्बिनी प्राबिधिक विश्वविद्यालय कक्षा सञ्चालनको तयारी

स्वर्गद्वारी अपडेट | जेठ २० गते २०८०

 २० जेठ / बाँके l लुम्बिनी प्राबिधिक बिश्वविद्याययले आगामी शैक्षिक सत्र २०८० का लागि आईटि सम्बन्धि बिषयहरुमा भदौ देखि भर्ना लिने तयारी थालेको छ।

प्रदेश स्तरीय प्राबिधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्र देखि प्राबिधिक धारमा एउटा सेमेस्टरमा ४८ जनाका दरले विद्यार्थी भर्ना लिने तयारी थालेको उप कुलपती प्रा.डा.बिनोद प्रशाद ढकालले बताउनुभयो। बाँकेको खजुरा गाउँपालिका ८ रनियापुर स्थित १०० बिघा जग्गा विश्वविद्यालयको नाममा नामसारी गर्न संघीय भुमि ऐन अनुसार नमिलेकोले उक्त जग्गा ४० बर्षका लागि भाडामा लिने गरि सम्झौता गर्न सम्पुर्ण प्रक्रिया पुरा भइसकेको विश्वविद्यालयले जानकारी दिएको छ।

खजुराका निबर्तमान गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीका र तत्कालीन लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोख्रेलको पहलमा लुम्बिनी प्रादेशिक विश्वविद्यालय खजुरामा खोल्ने निर्णय भएसँगै आवश्यक पर्ने १०० बिघा जग्गा खजुरा गाउँपालिकाले निशुल्क उपलब्ध गराउने सर्तमा काम अगाडि बढाएको बताएको छ । खजुरा गाउँपालिका लगाएत बाँकेका सबै स्थानीय तह–हरुले बाँकेमा प्राबिधिक विश्वविद्यालय आवश्यक छ भन्दै सहमति गरेका थिए । गत पुसमा लुम्बिनी प्राबिधिक विश्वविद्यालयको नेपालगन्ज वन डिभिजन कार्यालय पछाडि रहेको भवनमा विश्वबिद्यालयको कार्यालय स्थापना गरेर काम अगाडि बढीरहेको छ ।

आगामी शैक्षिक शत्रका लागि आउदो आर्थिक वर्षको भदौ देखि नयाँ भर्ना लिएर कक्षा संचालन गर्ने सम्पुर्ण तयारी भैरहेको विश्वविद्यालय प्रशासनले बताएको छ। स्थानीय युवा समाजसेवी किशोर थापाका अनुसार बाँके बर्दियाको सान सम्पुर्ण लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशको मुख्य हब जनसंख्याको आधारमा समेत छिमेकी देश भारतमा ५ लाख जनसंख्या लाई आधार मानेर एउटा विश्वविद्यालय खोलिएका छन् । हाम्रो देशमा विश्वविद्यालय बहुत कम छन् जुन २५ लाख जनसंख्यालाइ आधार मान्ने गरेको छ।लुम्बिनी प्राबिधिक विश्वविद्यालयले कक्षा सुचारु गरे लगतै हाम्रो स्थानीय बिद्यार्थी पठन पाठन गर्न बाहिर जाने कुराको अन्त्य हुनेछ।आर्थिक सामाजिक रूपमा बाँकेको बिकास हुनेछ।रोजगारी सिर्जना ब्यापार वृद्धि हुने छ।तर विश्वविद्यालयको ठेगाना खजुरा छ पहिलो कक्षा पनि स्थानीय निजि भवन भाडामा लिएर भएपनि खजुराको स्थानीय सरकारले ब्यवस्थापन गरेर खजुरामै सुचारु गर्नुपर्ने बताउनुभयो ।

यसरी बाँकेमा लुम्बिनी प्राबिधिक विश्वविद्यालयले कक्षा संचालनका लागि आवश्यक सहयोग गर्न खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ले सधैं आफू विश्वविद्यालयको पक्षमा भएकोले पहिलो कक्षा नै खजुरामै संचालन गर्न जनक शिक्षा सामाग्री केन्द्रको खजुरामा रहेको छापाखानाको भवन प्रयोग गर्ने सहमतिका लागि फाईल पेश गरीएको बताउदै निजि भवन स्थानीय सरकारले भाडामा लिएर भएपनि खजुरा बाट कक्षा सुचारु गरीने छ।

प्रदेश स्तरीय लुम्बिनी प्राबिधिक विश्वबिद्यालले बाँकेलाई शैक्षिक हब बनाउन विश्वविद्यालयले महत्वपूर्ण भुमिका खेल्ने भएकोले यो योजना सम्पुर्ण बाँकेबासी जनताका लागि गौरवको योजना भएको बताउनुभयो । नयाँ कक्षा आगामी भदौ देखि नै सुरु गर्नुपर्ने भएकाले पाठ्यपुस्तक सामग्री निर्माणमा विश्वविद्यालय प्रशासनले तिब्रता दिएको छ। अबको करिक २ महिनाभित्र सम्पुर्ण छपाइ पुरा गरेर खजुरामा भवन उपलब्ध नभएको खण्डमा हाल विश्वविद्यालयको प्रशासनिक कार्यालय भएको भवन बाट नै पहिलो कक्षा सुचारु गर्ने तयारीमा रहेको कुलसचिव रेग बहादुर भण्डारीले जानकारी दिनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्