समय : ०९:५१ pm | शुक्रबार , कार्तिक ९ गते २०८१

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

स्वर्गद्वारी अपडेट | वैशाख १९ गते २०८०
जेठ ३ प्युठान  गोबिन्द बहादुर थापा।जिल्लाको ऐरावती गाउँपालिकाका युवा सञ्जालका अध्यक्ष अनुपराज पाण्डेले सोमवार आफ्नो १८ औं जन्मदिनको अवसरमा ऐरावती ३ जाबुनेका विपन्न परिवारका विद्यार्थीलाई घरमै पुगेर शैक्षिक सामग्री प्रदान गरेका छन। जाबुनेका छविलाल सुनारका ३ छोरा ,निखिल सुनार नवीन सुनार , विवेक सुनार र दुई छोरी संजिता सुनार शर्मिला सुनार लाई पाण्डे घरमै पुगेर ४ दर्जन कापी २० वटा कलम र २० वटा पेनसिल प्रदान गरेका छन । पाण्डे भन्छन् पछिल्लो समय जन्मदिन मनाउने शैली फरक फरक छन मैले आफ्नो इच्चा अनुरूप भाइबहिनीहरूलाई सानो सहयोग गरेर मनाए । यस्ता कार्यहरुले हरेकले आफ्नो जन्मदिनको अवसरमा गरिने अत्याआवश्यक खर्चहरु तथा विदेशी शैलीमा मनाईने जन्मदिनलाई न्युनिकरण गर्ने पाण्डेले बताए । उनीहरू आर्थिक समस्याका कारण बिद्यालय भर्ना हुन नसकेको थाहा पाएपछि केही दिन पहिले वडा नं ३ जाबुनेका वडा अध्यक्ष पदम बहादुर जि।सि ले उनीहरूलाई बिधालय भर्ना गर्नुभएको थियो । उनीहरूलाई अब बिद्यालय  जाँदा लगाउने पोशाक र झोला आवश्यक थियो र आफु  सामाधान तिर लागेको उनले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्