समय : १२:११ pm | शनिबार , श्रावण १२ गते २०८१

कांग्रेस नेता अफताब आलमविरुद्ध जन्मकैदको फैसला

स्वर्गद्वारी अपडेट | वैशाख १४ गते २०८१

रौतहट - जिल्ला अदालत रौतहटले  नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको  सजाय हुने फैसला  सुनाएको छ । 

कर्तव्य ज्यान सम्बन्धी कसुर ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो।  अफताब आलमसँगै उनका भाइ मोहम्मत महताब, बद्री सहनी र शेख सराजविरुद्ध जन्मकैदको फैसला आएको हो।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई दोषी ठहर गरेको हो। संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page