समय : ०३:५४ am | मङ्गलबार , असाेज १९ गते २०८३

प्राध्यापक डा पोखरेलले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

उनले भनेका छन्, ‘युवामा देशमै उज्यालो भविष्य बनाउन सकिन्छ भन्‍ने आत्मविश्वास सिर्जना गर्न मेरो अनुभव र उर्जा प्रयोग गरी पार्टीका नीति र कार्यक्रममा सुधारका लागि १५ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु।

स्वर्गद्वारी अपडेट | असाेज १९ गते २०८३

प्युठान – नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।कांग्रेस सुधारको नीतिसहित उनले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। 

युवामा देशमै उज्यालो भविष्य बनाउन सकिन्छ भन्‍ने आत्मविश्वास सिर्जना गर्न मेरो अनुभव र उर्जा प्रयोग गरी पार्टीका नीति र कार्यक्रममा सुधारका लागि १५ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको पोखरेलले बताए ।

उम्मेदवारी घोषणा गर्दै पोखरेलले भनेका छन्, ‘ गरिखाने पार्टी बनाउने, सम्मुन्नत विकास योजना र वैचारिक बहसको पहल र नेतृत्वका लागि मेरो उम्मेदवारी हो।' उनले अन्तर्राष्ट्रिय क्षेत्रमा सार्वभौम नेपालको उच्च प्रतिनिधित्व र प्रस्तुतिका लागि, लोकतान्त्रिक व्यवस्था र कांग्रेस पार्टीभित्र अवधारणागत र आचणगत सुधारका लागि आफूले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन्।

उनले थप भनेका छन्, ‘सार्थक समावेशिता र सांस्कृतिक सहअस्तित्वको उन्‍नत अभ्यास तथा युवाहरूका लागि स्वदेशमै गरिखाने माहोल बनाई आत्मविश्वास सिर्जना गरी सम्मुन्‍नत समाज निर्माण गर्न पार्टीभित्र नीतिगत सुधारमा सहयोग पुर्‍याउनका लागि मैले उम्मेदवारी दिन लागेको हो।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

यो पनि पढ्नुहोस्