समय : ०८:४९ am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रिय सभा अध्यक्षका लागि उममेदवारी दर्ता हुँदै

स्वर्गद्वारी अपडेट | फागुन २८ गते २०८०

काठमाडौँ ।राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज उम्मेदवारी दर्ता र भोलि मतदान हुनेछ । 

उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । आजै दिउँसो १०:३० बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

मंगलबार बिहान ११:०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका रहेको छ ।

अहिलेसम्म नयाँ सत्ता गठबन्धन र नेपाली कांग्रेसका गरी दुई जनामात्र उम्मेदवार हुनेछन् । 

सत्ता गठबन्धनले दाहाललाई सघाउने सहमति गत फागुन २१ गते नै गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page